बेन स्टोक्सले बेलायतलाई विश्व च्याम्पियन बनाए, तर उनको पिताले खाँदैछन् गाली
लर्डस्को मैदानमा इङ्ल्याण्डले विश्वकप जित्नुमा भाग्यको ठूलो हात रह्यो । तर, टोलीलाई त्यहाँसम्म पुर्याउने खेलाडी थिए बेन स्टोक्स ।
न्युजिल्याण्डका बलरहरुले इङ्ल्याण्डको माथिल्लो क्रमको ब्याटसम्यानलाई आउट गरिसकेको अवस्थामा बेन स्टोक्सले टिकेर खेले र नटआउट रहँदै ८४ रन बनाएपछि खेल बराबरी भयो ।
त्यसपछि सुपर ओभरमा बेन स्टोक्सले १५ मध्ये ८ रन बनाए । तर, सुपर ओभरमा पनि खेल बराबरी भएपछि विश्वकप च्याम्पियनको फैसला बाउन्ड्रीको आधारमा गरियो । यस खेलमा बेन स्टोक्सले दुई छक्कासहित सात बाउन्ड्री हिर्काएका थिए ।
त्यसैले इङ्ल्याण्ड विश्व विजेता बन्दा स्टोक्सको भूमिका अहम रह्यो । त्यही भएर कप्तान इओन मोर्गनले पनि स्टोक्सलाई ‘सुपर ह्युमन’ को संज्ञा दिए ।
यहाँ रोचक कुरा के छ भने बेन स्टोक्सको जन्म न्युजिल्याण्डको क्राइस्ट चर्चमा भएको थियो र उनको पिताले न्युजिल्याण्डको राष्ट्रिय रग्बी टोलीबाट खेल खेलिसकेका छन् ।
स्टोक्स १३ वर्षको हुँदा उनको परिवार इङ्ल्याण्डमा बसाइसराइ गरेको थियो । त्यतिबेला उनको परिवारले सायदै सोचेका थिए होलान्, स्टोक्सका कारण न्युजिल्याण्डले कुनै दिन विश्वकप हार्नेछ । उनका पिता जेर्राड स्टोक्सको मनमा कहिल्यै पनि यो कुरा आएको थिएन होला ।
जेर्राड केही समय इङ्ल्याण्डमा बसेपछि आफ्नो शहर क्राइस्ट चर्चमा फर्किए । आइतबार घरमा बसेर फाइनल हेर्दा उनले न्युजिल्याण्डले जितोस् भनेर प्राथना गरिरहेका थिए ।
स्टोक्सले यता न्युजिल्याण्डलाई जिततर्फ अग्रसर गराइरहँदा टिभी कमेन्टेटर नासिर हुसेन बारम्बर पिता न्युजिल्याण्डले जितोस् भनेर कामना गरिरहेका होलान् भनेर उल्लेख गरेका थिए ।
बेन स्टोक्सका पितालाई पनि आफ्नो छोराको शानदार प्रदर्शनमाथि गर्व छ । तर, न्युजिल्याण्डको वेबसाइट स्टफले भने एउटा रमाइलो समाचार छापेको जसमा बेन स्टोक्सका पिता विश्वकप फाइनलपछि सबैभन्दा घृणा गरिएको पिता बनेका छन् ।
हुनतः फाइनल खेल पहिलो अवसर थिएन जब स्टोक्सले खेल जिताउने खाले प्रदर्शन गरेका थिए । यस विश्वकपमा उनले कम्तिमा पाँच पटक यस्तो खेल देखाइसकेका थिए ।
क्रिकेटका जानकारहरु पनि बेन स्टोक्सलाई सही रुपमा क्रिकेटिङ अलराउन्डर मान्छन् । धेरैले उनलाई ग्यारी सोबर्स र इयन बोथमजस्ता अलराउण्डरसँग पनि तुलना गर्छन् ।
२८ वर्षीय स्टोक्स दाहिने हाते तीव्र गतिका बलर हुन् । उनी मिडल अर्डरमा देब्रे हातले ब्याटिङ गर्छन् । ५२ टेस्टमा उनले १२७ विकेट लिइसकेका छन् भने ९५ एकदिवसीय खेलमा उनले ७० विकेट लिनुका साथै तीन शतक बनाइसको छन् । टेस्टमा उनको सर्वाधिक स्कोर २५८ रनको छ ।
ब्याड ब्वाइ
रोचक कुरा के पनि छ भने विश्वकपका फाइनल अघिसम्म स्टोक्स इङ्ल्सि क्रिकेटका ब्याड ब्याइ थिए । सन् २०१६ मा ब्रिस्टलस्थित एक नाइट क्लब बाहिर उनले झगडा गरेको भिडियो बाहिरिए पछि उनको यो पहिचान बनेको थियो । यस मामिलामा उनी पक्राउ पर्नुका साथै यो मामिला अदालतसम्म पुग्यो ।
यसै कारणले उनले त्यो साल एशेज सिरिज पनि खेल्न पाएनन् ।
सन् २०१६ मा उनी चारपटक तीव्र गतिमा गाडी चलाएको मामिलामा दोषी पाएका थिए ।
यसअघि सन् २०११ मा उनी रक्सीको नशामा डरहममा ट्राफिक प्रहरीसँग भिड्न पुगेका थिए ।
सन् २०१२ मा प्रहरीले उनलाई नशाको हालतमा भेटेको थियो र चेतावनी दिएर छाडेको थियो ।
सन् २०१३ मा अस्ट्रेलियाको भ्रमणको बेला उनलाई बीचबाटै घर फर्काइएको थियो । उनीमाथि आरोप थियो, रक्सीको नशामा उनलाई टीम अनुशासनको कुनै चिन्ता छैन ।
क्रिकेटको मैदानमा पनि उनी विपक्षी खेलाडीहरुसँग विवाद गरिरहन्छन् । उनले यसअघि भारतीय क्रिकेटर विराट कोहली र बंगलादेशी क्रिकेटर सब्बीर रहमानसँग भिडिसकेका छन् ।
तर विश्वकप फाइनलपछि भने बेन स्टोक्स इङ्ल्याण्डको नयाँ सुपरस्टार बनेका छन् । अब नाइट क्लब बाहिरको घटना भन्दा फाइनलमा खेलेको पारीका लागि उनी सँधै सम्झिरहने छन् ।
बेन स्टोक्सकै पारीका कारण क्रिकेटलाई जन्म दिने इङ्ल्याण्डको विश्वकप जित्नका लागि ४४ वर्षको प्रतिक्षा पनि सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी