बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘एनी प्रोब्लेम’ भन्दै कमल र मेलिना

सोमबार, ३० असार २०७६, १६ : ५२
सोमबार, ३० असार २०७६

काठमाडौं– गायक कमल रसाइली र गायिका मेलिना राइको स्वर रहेको नयाँ गीत ‘एनी प्रोब्लेम’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।  टेकु क्षेत्रीको शब्द, हरि लम्सालको संगीत रहेको कमल र मेलिनाले डान्सिङ नम्बरका रुपमा तयार पारेका छन् । भिडियो भने ‘दि कार्टुन क्रु’ले तयार पारेको छ ।

भिडियोमा कार्टुन क्रुको टिमलाई नै देख्न सकिन्छ । भिडियोलाई आश्मा विश्वकर्मा र सुविन चौहानले कोरियोग्राफी गरेका हुन् ।  सरोज अधिकारीको निर्देशन रहेको भिडियोको कभर भिडियो प्रतिस्पर्धा समेत आयोजना गरिएको छ ।

सेप्टेम्बर ३ सम्म भिडियो तयार पारेर पठाउने मध्ये एकले ५० हजार नगद र ‘दि कार्टुन क्रु जुनियर’ सँग नयाँ भिडियोमा नृत्य गर्न पाउने अवसर समेत छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप