शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट

सोमबार, ३० असार २०७६, १४ : १२
सोमबार, ३० असार २०७६

मजार– उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ । सेनाका प्रवक्ता हनिफ रेजाईले चहर बोलाक जिल्लाको खानाबादमा बेबारिसे बारुदी सुरुङ छुनेक्रममा बिस्फोट हुँदा दुबै बालबालिकाको मृत्यु भएको जानकारी दिए ।

सेनाले उक्त बारुदी सुरुङ शान्तिका दुश्मन तालिबान विद्रोहीले बिछ्याएको पनि दाबी गरेको छ ।  तालिवान विद्रोहीहरुले सुरक्षा फौजलाई लक्षित गरी सडकहरुमा बम र बारुदी सुरुङ बिछ्याउने गरेका छन् । यस्ता बेबारिसे बारुदी सुरुङमा परेर बर्सेनि धेरै अबोध बालबालिकाको ज्यान जाने गरेको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप