विश्वकपः फाइनल म्याचको बीचमा पोर्न साइटका लागि महिलाले खोल्न थालिन् कपडा
आइसीसी क्रिकेट विश्वकपको फाइनलमा न्यूजिल्याण्ड र इंगल्याण्डबीच निकै रोमाञ्चक प्रतिस्पर्धा भयो । क्रिकेट विश्वकपको इतिहासमा सायद नै यस्तो खेल हेर्न पाइएको थियो । सोमबार लण्डनको लर्डस्को मैदानमा इङ्गल्याण्डले न्यूजिल्याण्डलाई हराएर विश्वकप आफ्नो पोल्टोमा पार्यो ।
यद्यपि, अन्तिम खेलमा दुई समूहका खेलाडीको प्रदर्शनबाहेक अर्को एउटा घटना भयो जसले सबैको ध्यान आफूतर्फ खिच्यो ।
वास्तवमा, खेलको क्रममा एक महिला स्ट्रिकर मैदानमा प्रवेश गर्ने कोसिस गरिन् । केही मिनेटसम्म सुरक्षाकर्मीले महिलालाई छक्काइन् ।
रिपोर्ट अनुसार महिला स्ट्रिकरको नाम एलेना वुलित्सकी हो जो एडल्ट वेबसाइटका लागि विज्ञापन गर्छिन् । यो एडल्ट वेबसाइट उनकी छोराको हो ।
यद्यपि, महिलालाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिन सफल भइहाले ।
महिला लोकप्रिय युट्युबर विटली डोरोवेट्सकीकी आमा हुन् जो एक एडल्ट पोर्न प्रेङ्किङ वेबसाइट चलाउँछन् ।
महिला स्ट्रिकर आफ्नो छोराको पोर्न वेबसाइटको तर्फबाट सबैको ध्यान आकर्षित गर्न चाहन्थिन् र उनी यस्तो गर्न केही हदसम्म सफल पनि भइन् ।
युट्युब प्रेंकस्टर विटली डोरोवेटसिकीकी आमाले कालो स्विमसुट लगाएकी थिइन् र उनी स्ट्यान्डबाट हाम फालेर पिचमा पुग्ने कोसिस गरिरहेकी थिइन् ।
गत महिना महिलाका छोरा विटलीकी प्रेमिका किन्से वोलान्सकी पनि च्याम्पियन्स लिग फाइनलमा स्ट्रिकिंगमार्फत् रातारात स्टार बनेकी थिइन् ।
दुबै महिलाको कपडामा ‘विटली अनसेन्डर्स’ लेखिएको थियो ।
महिलाका छोरा विटलीले पनि ट्वीटरमा आफ्नी आमाको स्ट्रिकिंगको कोसिसमा कमेन्ट गरे । विटलीले लेखे, ‘मेरी आमाले क्रिकेट विश्वकपको फाइनलमा स्ट्रिक गर्ने कोसिस गरिन् । मेरी आमा निकै क्रेजी छिन् ।’
प्रेंकस्टर डोरोवेटस्कीले इन्स्टाग्राममा आफ्नी आमालाई ‘लिजेन्ड’ बताए । विटली र उनकी प्रेमिका किन्सेले कोपा अमेरिका फाइनलमा पनि गतिरोध पैदा गर्ने कोसिस गरेका थिए जसका कारण दुबैलाई जेल सजाय भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
-
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ