शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सूचना टाँस गरेर संसद बैठक स्थगित

सोमबार, ३० असार २०७६, १३ : २५
सोमबार, ३० असार २०७६

संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । देशका विभिन्न स्थानमा बाढी पहिरो जस्ता प्राकृतिक विपक्तिको कारण देखाँउदै बैठक स्थगित भएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

सूचनामा भनिएको छ “आज मिति २०७६ साल असार ३० गते सोमबार दिनको १ बजे बस्ने गरि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तीमा परि मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्याउन, वेपत्ता परिवारको खोजी , उद्धार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगम समेत गर्न माननयि सदस्यहरुलाई आ आफ्नो क्षेत्र जिल्लामा जान समय दिनुपर्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुख ज्यूले अर्को बैठक २०७६ साल साउन ८ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिने बारे संसद सचिवालयले कार्यसूची बनाएको थियो ।

यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्ने, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रशासकिय अदालत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्ने कार्यसूची तय गरिएको थियो ।

यता नेपाली कांग्रेसले भने सो कार्यसूची परिवर्तन गरी प्राकृतिक विपत्तिबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने कार्यसूची तय गर्न आग्रह गरेको थियो । 

बाढी-पहिरोबारे छलफल गर्न काँग्रेस र राजापको माग, सार्वजनिक महत्वको प्रस्ताव दर्ता

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप