बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो भुवनको ‘मिस्टर नेपाली’

सोमबार, ३० असार २०७६, १२ : ५७
सोमबार, ३० असार २०७६

काठमाडौं । फिल्म ‘मिस्टर नेपाली’को छायांकन सकिएको छ । नियमित ४५ दिनको छायांकनपछि फिल्म सकिएको निर्माण युनिटले जानकारी दिएको छ । फिल्मका निर्देशक देव भुषाल हुन् ।

आइतबार साँझ राजधानीमा इन्ड क्ल्यापपार्टी दिदै निर्माण युनिटले फिल्मको बिभिन्न पक्ष समेत जानकारी दिएको छ । तिहारको छेको पारेर सार्वजनिक प्रदर्शनमा आउने यो फिल्म  देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको हो । 

नवलपरासी र काठमाडौमा छायांकन गरिएको फिल्ममा भूवन केसी दोहोरी भूमिकामा देखिदैछन् । केसीको अलवा फिल्ममा रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका देख्न सकिन्छ ।

प्रेमराज दाहालको लगानी रहेको फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप