बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मिस एसिया प्यासिफिक इन्टरनेशनलको मुख्य प्रायोजकमा किङ्गफिसर

सोमबार, ३० असार २०७६, १२ : ४४
सोमबार, ३० असार २०७६

काठमाडौं– दोस्रो ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९’ को लागि मुख्य–प्रायोजन किङ्गफिसरले गर्ने भएको छ । 

८० भन्दा ज्यादा देशहरुमा अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा स्थापित तथा रुचाइएका ब्राण्ड भएको किङ्गफिसरले देशको प्रतिनिधित्व गर्न असाधारण प्रतिभाका खोजीमा दोस्रो मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९ को लागि मुख्य–प्रायोजन गर्ने भएको हो । 

यस कार्यक्रममा किङ्गफिसर मुख्य–प्रयोजकका रुपमा रहने र एस्पाएर करियर कन्सल्टेन्सी शैक्षिक साझेदार तथा आइईसी स्कुल अफ आर्ट एण्ड फेसन आधिकारिक ड्रेस डिजाइनरका रुपमा रहने आयोजकले बताएको छ ।

कार्यक्रमको आयोजना ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले गर्ने छ । किङ्गफिसरले निरन्तर रूपमा आफ्ना ग्राहकहरूलाई संगित, फैशन, खाना र खेलकुदका घटनाहरूसँग जोडिएका रोमाञ्चक तरिकाहरूमा संलग्न हुन उत्प्रेरित गर्दै आइरहेको छ ।


नेपालमा मिस एसिया प्यासिफिक इन्टरनेशनल दोस्रो पटक आयोजना भइरहेका छ । यो वर्ष अडिसनको लागि देशव्यापी रुपमा किङ्गफिसर मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल जाने छ । 
प्रतियोगीहरु मध्य अन्तिम चरणमा पुगेका सहभागीहरुलाई काठमाडौं ल्याई सम्बन्धित क्षेत्रका दक्ष एवं विशेषज्ञहरुद्वारा दुई हप्ताको प्रशिक्षण दिई फाइनलमा सहभागी गराइने छ ।

मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९ मा विजेता हुनेले सेप्टेम्बर २५ देखि १० अक्टोवर सम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ५१ औं मिस एसिया प्यासिफिक इन्टरनेशनल २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् । 

त्यसैगरी फस्ट रनरअपले मिस टुरिजम क्विन इन्टरनेशनल २०१९ आयोजना हुने राष्ट्रमा सहभागीता जनाउन पाउने छन् । त्यसैगरी सेकेन्ड रनरअपले दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्वीन २०१९ मा नेपालका तर्फबाट सहभागीता जनाउन पाउनेछन् । 

कार्यक्रम जुन सेप्टम्बर २० देखि अक्टोवर ४ सम्म सञ्चालन हुनेछ ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स सन् २००० मा स्थापित कम्पनी हो । यसले जिईईले नेपालमा म्यानहन्ट इन्टरनेशनल नेपाल (२००३ देखि), मिस टुरिजम क्वीन इन्टरनेशनल नेपाल (२००५ देखि), मिस ग्लोबल व्युटी क्वीन नेपाल (२०१२ देखि), हिप हप इन्टरनेशनल नेपाल (२०१६ देखि), मिस्टर इन्टरनेशन नेपाल (२०१७ देखि), मिस्टर ग्लोबल नेपाल (२०१६ देखि), प्रिन्स एण्ड प्रिन्सेस इन्टर नेशनल नेपाल (२०१७ देखि), तथा २०१८ मिस एसिया प्यासिफिक इन्टरनेशनल, नेपाल (२०१८ देखि) जस्ता कार्यक्रमहरुको सहकार्य गरी आयोजना सम्पन्न गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप