शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानका राष्ट्रपतिले भने, ‘अमेरिका हामीलाई धम्काउन बन्द गर र प्रतिबन्ध हटाउ’

सोमबार, ३० असार २०७६, १२ : २४
सोमबार, ३० असार २०७६

इरानका राष्ट्रपति हसन रुहानीले यदि अमेरिकाले सबै प्रतिबन्ध हटाउँछ भने आफू कुराकानीका लागि तयार भएको बताएका छन् ।

यसका साथै, रुहानीले अमेरिकालाई धम्काउन पनि बन्द गर्न भनेको छ । उनले भनेका छन्, ‘इरानले अब संयमता त्यागेर जवाफी कारवाहीको नीति अपनाएको छ । परमाणु सम्झौतासँग जोडिएका कुनै पनि कदमको पनि कडा जवाफ दिनेछौं । ’

गत महिना ओमानको खाडीमा दुई तेल ट्याङ्करमा बिस्फोट र इरानको अमेरिकी गुप्तचर ड्रोन खसालेपछि दुई देशबीच तनाव छ ।

ईरानले युरेनियम संवद्र्धन ४.५ प्रतिशत पुर्यायोः

ईरानले अन्तरराष्ट्रिय परमाणु सम्झौता अनुसार युरेनियम संवद्र्धनको ३.६७ प्रतिशतको निश्चित सीमा पार गरेर यसलाई ४.५ प्रतिशत पुर्याएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष ८ मे मा इरान परमाणु सम्झौताबाट आफूलाई अलग्ग्याएको थियो । त्यसपछि नै दुई देशको सम्बन्ध बिग्रिएको छ ।

सन् २०१५ मा इरानले अमेरिका, चीन, रुस, जर्मनी, फ्रान्स र ब्रिटेनसँग एक सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौता अनुसार इरानले आफूमाथि लागेको आर्थिक प्रतिबन्धलाई हटाएको बदलामा आफ्नो परमाणु कार्यक्रमलाई सिमित गर्नेमा सहमती जताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप