बाढी-पहिरोबारे छलफल गर्न काँग्रेस र राजापको माग, सार्वजनिक महत्वको प्रस्ताव दर्ता
सोमबार, ३० असार २०७६, १२ : ०८
काठमाडौं –प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदले बाढी, पहिरो र डुवानबारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७८ को उपनियम (१) बमोजिम सोमबारको अन्य काम कारबाही स्थगित गरी बाढी, पहिरो र डुवानबारे छलफल गर्न सांसद मिनेन्द्र रिजाल, राजकिशोर यादव, पुष्पा भुषाल गौतमले सो प्रस्ताव पेश गरेका हुन् ।
उनीहरुका अनुसार पाँच दिनदेखिको अविरल वर्षा ठूलो मात्रामा जनधनको क्षति भएको विषयमा सरकारद्वारा संचालित उद्धार, राहत कार्यको प्रगति तथा प्रभावित क्षेत्रहरुको विद्यमान अवस्थाबारे प्रतिनिधि सभामा जानकारी लिइने छ ।
प्रतिनिधि सभाका सांसदहरुलाई उद्धार, राहत र पुनस्र्थापनाको कार्यमा संलग्न गराउने व्यवस्था गर्न अन्य सार्वजनिक विषयमाथिको छलफल स्थगित गर्न माग गरिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण