शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

सोमबार, ३० असार २०७६, १२ : ०६
सोमबार, ३० असार २०७६

काठमाडौं– नबिल बैंकले ३५ औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देस्यले यही आषाढ २८ गते मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । 

बैंकको ३० औं वार्षिकोत्सबको उपलक्षमा २०७१ श्रावणमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो र त्यस समय पछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरस˚ाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गरी आएको छ ।

बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा अध्यक्ष शम्भु प्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप