शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पिता–पुर्खाको शव जोगाएर राख्न किम जोंग उनद्वारा उत्तर कोरियाली जनतासँग पैसा माग

सोमबार, ३० असार २०७६, ११ : १५
सोमबार, ३० असार २०७६

उत्तर कोरियाली शासक किम जोंग–उन आफ्ना पिता–पुर्खाको शव जोगाएर राख्न र सर्वसाधारणका लागि प्रदर्शनमा राख्न कारखानाका कामदारसँग पैसा माग गरिरहेका छन् ।

मिरर डट को डट युकेका अनुसार उत्तर कोरियासँग आफ्ना पूर्व शासक किमII–सुङ र उनका छोरा किम जोंग–इलको शव जोगाउन पर्याप्त रकम छैन ।

त्यसकारण सर्वोच्च नेताले आफ्ना नागरिकबाट एक वर्षमा ३,२०,००० पाउन्ड (चार करोड ३९ लाख रुपैयाँ) जम्मा होस् भन्ने चाहन्छन् ।

किमका हजुरबुवा र बुवाको शव राजधानी प्योंगयांगको कुम्सुसान प्यालेस अफ द सनमा राखिएको छ ।

स्रोतका अनुसार शवलाई जोगाउनका लागि जति रकम खर्च भइरहेको छ त्यो अब देशले धान्न नसक्ने अवस्थामा पुगेकाले किम जोंग उन जनताबाट पैसा उठोस् भन्ने चाहन्छन् ।

The despotic trinity: Founder of North Korea Kim Il-sung, left, former North Korean leader Kim Jong-il, centre, and Kim Jong-il's youngest son Kim Jong-un, right, who now rules (Image: Reuters)

किमको सत्ताले कारखानाका कामदारसँग पैसाको माग गरिरहेका छन् । यसबापत् ती कामदारले ‘सर्टिफिकेट अफ लोयल्टी’ (इमान्दारिताको प्रमाणपत्र) पाउनेछन् ।

तर एक रिपोर्ट अनुसार किमको यस्तो योजनामा मानिसहरु खुसी छैनन् ।

स्रोतले भनेको छ, ‘उत्तर कोरियामा मानिसहरुको जीवनशैली कस्तो छ भन्ने कुरा वास्ता नगरिकन शवलाई कुहिन बाट जोगाउनका लागि गरिब जनताबाट पैसा माग्नु कति उचित होला भन्ने धेरैको धारणा छ ।’

रेडियो फ्रि एसियाले भनेको छ, ‘किम II–सुङ र किम जोंग–इलको कोषलाई दान दिने कारखानाका कामदारलाई प्रमाणत्र दिनका लागि एक कार्यक्रमको आयोजना गरिएको थियो ।’

‘उनीहरुले पैसा दान दिने पार्टीका सदस्य र कामदारलाई प्रमाणपत्र दिएका थिए ।’

‘उक्त पैसा प्यालेस अफ द सनलाई व्यवस्थित र यसको मर्मत सम्भारमा प्रयोग हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप