बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अल्जेरिया र सेनेगल फाइनलमा

सोमबार, ३० असार २०७६, ०९ : ५२
सोमबार, ३० असार २०७६

अल्जेरिया र सेनेगल इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्स फुटबलको फाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हरायो । अर्को सेमिफाइनल खेलमा सेनेगलले ट्युनिसियालाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

अल्जेरियाको जितमा रियाद महारेजले इन्जुरी समयमा फ्रिकिक मार्फत निर्णायक गोल गरेका थिए । अल्जेरियाले ४०औं मिनेटमा आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । नाइजेरियाका विलियम ट्रोस्ट इकोङको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । त्यसपछि ७२आंै मिनेटमा ओडियन इग्लुले पेनाल्टीमा गोल गर्दै नाइजेरियालाई खेलमा फर्काएका थिए । तर, इन्जुरी समयको अन्तिम मिनेटमा महारेजले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै अल्जेरियालाई फाइनलमा पुर्याए ।

यसैगरी सेनेगलले अतिरिक्त समयमा ट्युनिसियालाई आत्मघाती गोल सहयोगमा हराएको थियो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि  अतिरिक्त समयमा सेनेगलले आत्मघाती गोल उपहार पायो । १०१औं मिनेटमा ट्युनिसियाका ड्यलान ब्रोनको प्रहार आत्मघाती गोल भएको थियो । सोही गोलनै  सेनेगलको जितम निर्णायक बन्यो । निर्धारित समयमा दुवै टोलीले एक एक पेनाल्टी गुमाएका थिए । अब उपाधिका लागि अल्जेरिया र सेनेगलबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप