यस्तो पो रहेछ म्याट बाल्दा लामखुट्टे भाग्ने कारण
गर्मी महिना लागेपछि लामखुट्टेले अत्यन्तै सताउन थाल्छ । रातभरि टोकेर सुत्न समेत दिँदैन । त्यस्तो अवस्थामा हामी लामखुट्टे भगाउन बजारमा पाइने विभिन्न धुपहरु, म्याटहरु बाल्छौं । म्याट धुप बालेपछि लामखुट्टे भग्छ र हामी आरामपूर्वक सुत्न सक्छौं ।
तर धुप बाल्दा लामखखुट्टे भाग्छ कसरी ? किन भाग्छ लामखुट्टे ?
लामखुट्टे भगाउने धुप वा म्याटमा ४ प्रतिशत ऐलेथ्रिन नामक रसायन हुन्छ । म्याट बनाउँदा कार्डबोर्डको टुक्रालाई ऐलेथ्रिनको घोलमा डुबाएर सुकाइन्छ । त्यो म्याट निश्चित ताप दिने बिजुलीको ग्लोव वा हिटरमा राखे पछि ऐलेथ्रिनको धूँवा निस्कना थालछ । त्यो धूँवा कोठाको हावामा घुलिन्छ र त्यसको प्रभावले लामखुट्टे मर्छ वा अशक्त बन्छ ।
तर त्यो ऐलेथ्र्रिनको धूँवाले स्तनधारी प्रणीमा भने कुनै हानिकारक प्रभाव पर्दैन । वैज्ञानिकहरुका अनुसार– एउटा वयस्क मान्छेलाई ऐलेथ्रिनको ९० ग्राम मात्रा कुनै माध्यमबाट दियो भने मात्र त्यो घातक र हानिकारक हुन्छ । तर लामखुट्टेको लागि भने ऐलेथ्रिनको एक ग्रामको १० लाख भाग नै पनि घातक हुन्छ । एउटा म्याट वा धूपमा करीब ४० मिलिग्राम एलेथ्रिन हुन्छ ।
त्यस्तै, कुनैकुनै धूपमा पाइरेथ्रिन नामक रसायन पनि उपयोग गरिन्छ । पाइरेथ्रिनले पनि ऐलेथ्रिनले जस्तै काम गर्छ । भारतबाट आउने कछुवा छाप अगरबत्तीमा पाइरेथ्रिन हुन्छ ।
कुनै कुनै धूपमा चाहिं डाई मिथाइला थैलेट (डि.पि. एम.) प्रयोग गरिएको हुन्छ । यो तिखो गन्धवाला कागतीको रसबाट बनाइएको हुन्छ । यसको गन्ध लामखुट्टेले खप्न सक्दैन र भाग्छ । उदाहरणको लागि, भारतबाटै आउने आडोमस म्याटमा यो हुन्छ ।
रसायनहरुको प्रयोगैबिनापनि लामखुट्टे भगाउन सकिने कुरा बैज्ञानिकहरुले पत्ता लगाएका छन् । उनीहरुका अनुसार, २२ किलोहर्जदेखि लिएर २७ किलोहर्ज आवृतिको अल्ट्रासोनिक ध्वनि (मान्छेको कानले सुन्न नसक्ने आवाज) ले पाथी लामखुट्टेलाई भगाउन सकिन्छ । लामखुट्टे भगाउन यस्तो ध्वनि निकाल्ने यन्त्र पनि बनाइएको छ ।
लामखुट्टेलाई भगाउने अर्को हो– परावैजनी प्रकासको उपयोग । मान्छेले परावैजनी प्रकास देख्न सक्दैन तर लामखुट्टे र अन्य किराहरुले यो प्रकास देख्न सक्छ र उनीहरु यसप्रति अत्यन्तै आकर्षित पनि हुन्छन् । यसमा विजुलीको माध्यमबाट परावैजनी प्रकास उत्पन्न गरिन्छ र त्यसैमा राखिएको पाता वा रडमा विजुलीको करेन्ट समेत जोडिन्छ । फलतः परावैजनी प्रकाशले आकषित लामखुट्टे बिजुलीको झट्काले मर्छ । तर यो तरिकाले अलि खतरापूर्ण छ । सावधानी अपनाएन भने र लापरवाही गरियो भने यसले मान्छेलाई नै पनि करेन्ट लाग्न सक्ने संभावना वेसी हुन्छ ।
Title photo: https://media.npr.org/assets
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित
-
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने
-
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
-
पर्यटन बोर्डको रिक्त तीन सदस्यको नाम टुङ्गियो, को–को भए नियुक्त ?
-
हरिप्रसाद लम्साल सचिव पदमा बढुवा
-
चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो, किसानले प्रतिक्विन्टल २८ सय पाउने