न्यूजिल्यान्डका कप्तान केनलाई ‘म्यान अफ द सिरिज’
सोमबार, ३० असार २०७६, ०८ : ४९

एजेन्सी । न्यूजिल्यान्डका कप्तान केन विलियमसन आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले ‘म्यान अफ द सिरिज’ को उपाधि जिते ।
सुपर ओभरमा इङ्ल्यान्डसँग पराजित भएपनि केनले न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन ठूलो योगदान गरेका थिए । उनले दुई शतक र दुई अर्धशतक सहित पाँच सय ७८ रन बनाएका थिए ।
यसैगरी सर्वाधिक रन बनाउने खेलाडी भारतका रोहित शर्मा बने । रोहितले ९ खेलमा पाँच शतक, एक अर्धशतक सहित ६ सय ४८ रन बनाएका थिए ।
सर्वाधिक विकेट लिने खेलाडीको पुरस्कार अष्ट्र«ेलियाका मिचेल स्टार्कले जिते । मिचेलले १० खेलमा २७ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महँगी नियन्त्रणका गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
प्राधिकरणका अध्यक्ष ओझा र भुटानका डेपुटी गभर्नर छोदेनबिच भेटवार्ता
-
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयकमा दफाबार छलफल सुरु
-
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइ समस्या उत्पन्न
-
एर्दोआनका प्रतिद्वन्द्वी समातिएपछि टर्कीमा विरोध प्रदर्शन सुरु
-
महायज्ञ गर्न उठीबास गराइएको डोम परिवारलाई धाकधम्की