मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङ, युएई र जोर्डनबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

आइतबार, २९ असार २०७६, १८ : ५२
आइतबार, २९ असार २०७६

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले एकैपटक तीन वटा देशमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । 

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो । हङकङबाट नेपालीहरुले अब ई–पे लिमिटेडबाट मेगा रेमीटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् । 

युएईबाट सराफ एक्सचेन्जबाट मेगा रेमीटमा रकम पठाउन सकिने बैंकले जनाएको छ । यसैगरी, जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको छ । 

हङकङको ई–पे लिमिटेड, युएईको सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंक र देशभर छरिएका मेगा बैंकका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप