अष्ट्रेलियामा शक्तिशाली भूकम्प
आइतबार, २९ असार २०७६, १५ : ३८
सिड्नी–अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।
भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ । अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ ।
ब्रुम प्रहरी विभागले झण्डै एक मिनेटसम्म घरहरु हल्लिए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिएको छ ।
राष्ट्रिय प्रसारण एबीसीले भने सामान्य क्षतिका केही खबर आएपनि कसैको मृत्यु भएको वा कोही घाइते भएको खबर नआएको जनाएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण