शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढी पहिरोबाट विभिन्न १५ सडक अवरुद्ध (सूचीसहित)

आइतबार, २९ असार २०७६, १० : ५८
आइतबार, २९ असार २०७६

काठमाडौं– अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशका विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । 
प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । 
अवरुद्ध सडकको सूची यसप्रकार छः
२७ गते १५:३० बजेबाट मुस्ताङ थासाङ गा.पा.४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव पढी बेनी जोमसोङ जाने सडक  अवरोध 
२७ गते ०६:०० बजेबाट नासो गा.पा.१ म्यादीखोलामा पानीको बहाव बढी बेसिसहर मनाढ सडक अवरोध  
२७ गते १४:०० बजेबाट खोटाङ न.पा.१४ धुर्मी कटारी सडक खण्डको भदौरे खोलामा बाढी आई अवरोध 
२८गते १५:०० बजेबाट साउनेबाट फोक्सिनटार जाने सडक अवरोध 
२७ गते १४:०० बजेबाट मानेभज्याङ गा।पा.७ सिद्दिचरण राजमार्ग बाढिले अवरोध 
२७ गते ०५:०० बजेबाट भट्टेडाडा आग्राङ टुङगुन जाने शान्ति लोकपथ हेटौडा जाने सडक खण्ड अवरोध 
२६ गते ०८:४० बजेबाट ईन्द्रसरोबर गा।पा.५ महालक्ष्मीखोला नजिक पहिरो आई फाखेल हुदै काठमाण्डौं आउने सडक खण्ड अवरोध 
२७ गते १४:०० बजेबाट ईन्द्रसरोबर गा.पा.२ र ३ स्थित सिस्नेरी फर्पिङ जाने सडक खण्डा अवरोध ।
२८ गते १४:०० बजेबाट मन्थली न.पा.६ सेलेघाट भन्ने स्थानमा पहिरो आई मन्थलीबाट काठमाण्डौं आउने सडक खण्ड अवरोध 
२८ गते ०५:०० बजेबाट भोजपुर न.पा. १० स्थित गजुरमुखी भिरमा पहिरो गई भोजपुर धनकुटा सडक खण्ड अवरोध
२८ गते १३:०० बजेबाट पाख्रिबास न.पा. ५ स्थित हिले भोजपुर सडक खण्ड पहिरो गई अवरोध 
२८ गते १४:०० बजेबाट चपुरबाट गौर सडक खण्ड अवरोध
२८ गते १३:०० बजे जनकपुरबाट जलेश्वर जाने सडकखण्ड अवरोध
२८ गते १५:०० बजेबाट तिनाउ गा.पा.३ सिद्धबाबा नजिक पहिरो गई सिदार्थ राजमार्ग अवरोध
२८ गते २०:३० बजेबाट सुभकालिका गा.पा-१ स्थित गगने खोलामा पहिरो खसी सुर्खेत-कालिकोट-जुम्ला जोड्ने कर्णाली राजमार्ग अबरोध ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप