बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रेसलर जोन सिनाले शिल्पा सेट्टीको फोटो पोष्ट गरे, सबैजना जिल खाए

आइतबार, २९ असार २०७६, १० : २८
आइतबार, २९ असार २०७६

रेसलर जोन सिना सोसल मिडियामा अनौठा सामग्री पस्किनका लागि चर्चित छन् । उनले विभिन्न समयमा शाहरुख खानदेखि विराट कोहलीसम्मका भनाई कुनै सन्दर्भ बिना नै सेयर गरेका छन् । यसपटक पनि उनले भारतीय नायिका शिल्पा शेट्टीको तस्बिर पोष्ट गरेका छन्, तर यसमार्फत् उनले के भन्न खोजेका हुन्, त्यो कसैले बुझ्न सकेका छैनन् ।

पछिल्लो पोष्टमा जोन सिनाले शिल्पा शेट्टीको अनुहार स्टोन कोल्ड भनेर चिनिने अमेरिकी रेसलर स्टिभन एन्डरसनको जीउमा लगेर टाँसिदिएका छन् । उक्त तस्बिरमा उनले लेखेका छन्, ‘स्टोन कोल्ड शिल्पा शेट्टी कुन्द्रा’ ।

यो पोष्टमार्फत् उनले के भन्न खोजेका हुन् भनेर सबैजना चकित परेका छन् । कतिले उनको अकाउन्ट ह्याक भएको हो कि भनेर अनुमान गरेका छन् । तर यसबारे कुनै जानकारी उपलब्ध छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप