बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानले भने, ‘मसहित बलिउडमा जम्मा पाँच सेलिब्रिटी’

आइतबार, २९ असार २०७६, १० : ०७
आइतबार, २९ असार २०७६

भारतीय नायक सलमान खानले बलिउडमा आफूसहित जम्मा पाँचजना मात्र सेलिब्रिटी भएको बताएका छन् । उनका अनुसार यी पाँचजनाको सूचीमा उनीलगायत शाहरुख खान, आमिर खान, अक्षय कुमार र अजय देवगन पर्छन् । उनले धेरै समयसम्म स्टारडमलाई कायम राखिराख्न निकै गाह्रो भएको बताएका छन् ।

फिल्मफेयरसँगको अन्तरवार्तामा सलमानले भने, ‘अन्ततः स्टारडम बिलिन भएर जान्छ । धेरै समयसम्म यसलाई निरन्तरता दिन सक्नु निकै ठूलो कुरा हो । मलाई लाग्छ  शाहरुख खान, आमिर, अक्की (अक्षय कुमार), अजय... हामीले यसलाई धेरैसम्म टिकाउन सक्यौं । यसलाई थप केही वर्षसम्म टिकाइराख्न हामी प्रयासरत छौं ।’

पछिल्लो समयमा सलमान खान सोसल मिडियामा निकै सक्रिय छन् । उनी कहिले व्यायाम गरिरहेको फोटो भिडियो हाल्छन् भने कहिले परिवारसँगका नीजि पल ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

@thupten_the_solo_performer_889

A post shared by Salman Khan (@beingsalmankhan) on

कामको कुरा गर्नुपर्दा सलमान दबंग थ्रीको सुटिङमा व्यस्त छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Salman Khan (@beingsalmankhan) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप