बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवद्वारा वर्षाका कारण ज्यान, घरबार गुमाएका परिवारलाई बास र रोजगारीको माग

आइतबार, २९ असार २०७६, ०९ : १९
आइतबार, २९ असार २०७६

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशभरी अविरल वर्षापछि ज्यान गुमाएका मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धि निकायसँग माग गरेको छ ।

विज्ञप्तिमा प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पूर्व तयारीको अभाव, भारतसँग भएको असमान सन्धि सम्झौता, नेपाल भार सीमानामा बनेको बाँध, तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी जनताले ठूलो जनधनको क्षती व्यवहोर्न परेको बताइएको छ ।

यसका साथै पार्टीका महासचिव विप्लवले आफ्ना सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप