मन्त्रालयका कामप्रति प्रधानमन्त्री ओली रुष्ट
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन नहुने भन्दै मन्त्रालयहरूको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजनामा गरेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक समीक्षामा उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले सरकारका विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। ‘बाटो किन बनेनभन्दा अर्को निकायले पोल सारिदिएन भन्ने परिपाटीको अन्त्य हुनुपर्छ, प्रशासकहरूले योजना समन्वय, निर्देशन र कार्यान्वयन गराउने विषयमा गम्भीरतापूर्वक ध्यान पु¥याउनुहोस्,’ प्रधानमन्त्रीले ओलीले भने।
ओलीले सरकारका मन्त्री वा उच्च पदाधिकारीको परस्परमा बाझिएका धारणा सार्वजनिक हुन नहुने बताउँदै रिर्पोटहरूलाई पुष्टि नगरी विश्वास गर्न नहुने धारणा व्यक्त गरेका थिए। ‘रिर्पोट सुनेर वास्तविकता के छ पत्ता लगाउनोस्, कर्मचारीले कतिसम्म जिम्मेवारीपूर्वक काम गरेका छन्, हेर्नोस्,’ मन्त्रीहरूलाई निर्देशन दिँदै उनले भने। नागरिक दैनिकमा विस्तृतमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
-
मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल
-
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
-
चीनद्वारा पास्टर एज्रा जिन रिहा
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण