शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा खोलाले बगाउँदा बालकको मृत्यु

शनिबार, २८ असार २०७६, २२ : १७
शनिबार, २८ असार २०७६

झापा-खोलाले बगाउँदा झापामा आज एक बालकको मृत्य भएको छ । खोलाले बगाउँदा शिवसताक्षी  नगरपालिका–५ का नौ वर्षीय सौगात चापागाईंको मृत्यु भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

चापागाईंलाई घर नजिकैको बनियानी खोलाले बगाएको हो । उनी खेल्ने क्रममा चिप्लेर खोलामा खसेका थिए । जिल्लामा हालसम्म बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार खोलाले बगाउँदा इलाम चुलाचुली गाउँपालिका–१ का ५५ वर्षीय अञ्चल लावती र सङ्खुवासभा घर भई दमक–१० मावली आएकी छ वर्षीया एलिजा न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप