शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु

शनिबार, २८ असार २०७६, २२ : ००
शनिबार, २८ असार २०७६

ओखलढुंगा-पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–७ पात्ले तालकोटमा आज पहिरोले घर पुरिँदा ४४ वर्षीया पुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजीको मृत्यु भएको हो । 

घरमा बसिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोले घरसँगै आमा–छोरीलाई पुरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए । दुवैको शव स्थानीयवासीले पहिरो पन्छाएर निकालेका थिए । 

यस्तै सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा पहिरोमा परी ४५ वर्षीया कान्छीमाया श्रेष्ठको मृत्यु भएको छ । उनी पहिरोले पुरिएकी थिइन् । जिल्लामा बाढीपहिरोबाट हालसम्म  पाँच जनाको ज्यान गएको छ । बाढीले बगाएर शुक्रबार चिशङ्खुगढी गाउँपालिका–४ की ८५ वर्षीया पासाङकुटी शेर्पा र सुनकोशी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप