बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गयो बाढी पीडा दिएर : डुबानको भोलिपल्ट कलंकी क्षेत्रमा जे देखियो (फोटोकथा)

शनिबार, २८ असार २०७६, १४ : ४७
शनिबार, २८ असार २०७६

काठमाडौँ ।  बिहीबार साँझदेखि परेको भारी वर्षाका कारण काठमाडौँको कलंकी क्षेत्र पनि डुबान पर्यो ।

वर्षापछि स्थानीय बल्लु खोलाको बाढी बस्तीमा पस्दा शुक्रबार  कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुबानमा परेको थियो । यस्तै खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी बस्न पुग्दा जनजीवन प्रभावित बन्न पुग्यो ।

शुक्रबार बस्तीमा बाढी पस्दा तनावमा रहेका प्रभावित शनिबार बिहानदेखि पानी पर्न रोकिएपछि भने सरसफाइमा जुट्दै थिए । रातोपाटीकर्मी पुग्दा कलंकी पेट्रोल पम्प नजिकका व्यापारी आफ्नो पसलमा पसेको हिलो र पानी बाहिर बाल्टीको सहायतामा निकाल्दै थिए । उनीहरुले बाढी पस्दा सामानहरु काम नलाग्नेगरी क्षति भएको गुनासो गरिरहेका सुनिन्थ्यो ।

यस्तै ओढ्ने ओछ्याउने सामान, भाडाबर्तन लगायतका दैनिक जीवनयापनमा आवश्यक पर्ने सरसामन जोडजाममा पनि पीडितहरु व्यस्त देखिन्थे ।

कलंकीमा कोठा गरेर बस्ने धादिङकी शान्ति तामाङले ओढ्ने ओछ्याउने समेत भिज्न पुग्दा निकै पीडामा रहेको बताइन् ।

राजधानीमा यसरी बाढी पसेर डुवानको समस्या आउँदा कतिपयले अव्यवस्थित शहरीकरण मुख्य कारक रहेको बताएका छन् ।

अविरल वर्षाका कारण काठमाडौंमा मात्रै ३ जनाको मृत्यु भएको छ भने नदी तटीय क्षेत्रका बासिन्दा अझैं त्रासमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप