शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा वर्षाको कहर : वीरगन्ज डुब्यो, ग्रामिण क्षेत्रमा पनि उस्तै सकस (तस्बिरहरु)

शनिबार, २८ असार २०७६, १३ : ०९
शनिबार, २८ असार २०७६

वीरगन्ज–चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण पर्साको सदरमुकाम वीरगन्जका साथै ग्रामीण भेगका गाँउहरु समेत डुबानमा परेका छन् । 

वर्षाका कारण सिर्सिया नदीमा आएको बाढीले वीरगंज महानगरको रानीघाट , श्रीपुर , रामगढवा , आदर्शनगर लगायतका क्षेत्रहरु जलमग्न हुनुका साथै घरहरुमा पानी  पसेको छ ।

यस्तै ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर , गाउँबस्ती डुबानमा परेका छन् । नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीन समेत कटान गरेको छ । 

जानकीटोलमा रहेको ओरिया नदीको पानीको सतह बढेर बाढी पस्दा दसौता गाउँ डुबानमा परेको छ । यसैगरी पर्साकै  भिस्वा, मुडली, लङ्गडी , धोबिनी, आशवारी, गुलरिया, जयमङ्गलापुर, सबैठवा, धोरे, हस्वा, मसिहानी, प्रसौनीभाटा, अमरपट्टि, गर्दौललगायतका अधिकांश गाउँ पनि डुबानमा परेका छन् ।

केही गाउँमा बाढीले फुसका घर भत्किएका छन् । पर्सामा रहेका ओरिया, सिक्टा, गङ्गोल, तिलावे नदीमा आएको बाढीले खेतीयोग्य जमीन र मानवबस्तीमा क्षति पुरयाएको स्थानीयले बताएका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप