पर्सामा वर्षाको कहर : वीरगन्ज डुब्यो, ग्रामिण क्षेत्रमा पनि उस्तै सकस (तस्बिरहरु)
वीरगन्ज–चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण पर्साको सदरमुकाम वीरगन्जका साथै ग्रामीण भेगका गाँउहरु समेत डुबानमा परेका छन् ।
वर्षाका कारण सिर्सिया नदीमा आएको बाढीले वीरगंज महानगरको रानीघाट , श्रीपुर , रामगढवा , आदर्शनगर लगायतका क्षेत्रहरु जलमग्न हुनुका साथै घरहरुमा पानी पसेको छ ।
यस्तै ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर , गाउँबस्ती डुबानमा परेका छन् । नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीन समेत कटान गरेको छ ।

जानकीटोलमा रहेको ओरिया नदीको पानीको सतह बढेर बाढी पस्दा दसौता गाउँ डुबानमा परेको छ । यसैगरी पर्साकै भिस्वा, मुडली, लङ्गडी , धोबिनी, आशवारी, गुलरिया, जयमङ्गलापुर, सबैठवा, धोरे, हस्वा, मसिहानी, प्रसौनीभाटा, अमरपट्टि, गर्दौललगायतका अधिकांश गाउँ पनि डुबानमा परेका छन् ।
केही गाउँमा बाढीले फुसका घर भत्किएका छन् । पर्सामा रहेका ओरिया, सिक्टा, गङ्गोल, तिलावे नदीमा आएको बाढीले खेतीयोग्य जमीन र मानवबस्तीमा क्षति पुरयाएको स्थानीयले बताएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण