बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नवजात शिशु लुम्बिनी मेडिकल कलेजबाटै हरायो

शनिबार, २८ असार २०७६, ०७ : ४६
शनिबार, २८ असार २०७६

लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ ।

तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए । सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पतालमा आएकी थिइन् । अर्धचेत अवस्थामा रहेकी जमुनालाई आमाले झोलिलो खानेकुरा लिन क्यान्टिनमा नवजात शिशु काखमै बोकेर पुगेकी थिइन् ।

उनीसँगै एकजना अपरिचित महिलाले सहयोग गर्ने बाहनामा सँगै गएको उनकी आमाको भनाइ छ ।

अपरिचित महिलाले शिशु आफूले अस्पतालको कक्षमा ल्याइदिने बाहना गरी ज्वानोको झोल जमुनाकी आमालाई लैजान पठाएको बताइएको छ ।

छोरीसँग पुगेको केही समयसम्म अपरिचित महिलाले शिशु लिएर नगएपछि खोजी कार्य भएको हो । सो घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप