शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइतबारसम्म भारी वर्षा

शनिबार, २८ असार २०७६, ०६ : ३०
शनिबार, २८ असार २०७६

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म काठमाडौँ लगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ ।

सोमबारसम्म मनसुन कमजोर हुँदै जाने भए पनि पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको भनाइ रहेको छ ।

मौसमविद् समीर श्रेष्ठले भने, ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर वर्षा पूर्णरुपमा भने रोकिँदैन । आइतबार रातिसम्म भारी वर्षा हुन्छ ।’

मौसमविद्ले भारी वर्षाका कारण पूर्व र मध्य क्षेत्रको पहाडी भूभागमा पहिलो जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदीमा जलको बहाव स्तर बढ्न सक्ने जनाउँदै उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप