शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पीडितको उद्धारमा सेना परिचालन, यस्तो छ आकस्मिक तयारी

शुक्रबार, २७ असार २०७६, २३ : ५०
शुक्रबार, २७ असार २०७६

काठमाडौं- देशभर भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा आएका बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना आवश्यक सामग्रीसहित परिचालित भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपहिरो गएका क्षेत्रमा सम्बन्धित पृतना, बाहिनी, गण र गुल्मबाट आवश्यक उद्धार सामग्रीसहित सैनिक टोली खटिएको छ । 

निर्देशनालयका अनुसार प्रत्येक पृतना,बाहिनी, गण र गुल्ममा एक एक टोली स्ट्यान्ड बाई राखिएको छ । 

निर्देशनालयका अनुसार सुर्खेत, इटहरी र काठमाडौंमा हेलिकोप्टर स्ट्यान्डबाई राखिएको छ भने देशभरका प्रत्येक गणबाट १०५ जना र गुल्ममा ३० जनाको टोली स्ट्यान्डबाई राखिएको छ । त्यस्तै अमेरिकाले दिएका ४ वटा याकोर ब्रिज समेत स्ट्यान्डबाई राखिएको छ ।

ती ब्रिज थानकोट, जितपुर, भरतपुर र बैरेनीमा तयारी अवस्थामा राखिएको छ । त्यस्तै उद्धार कार्यमा प्रयोग गरिने अन्य साधन र श्रोत पनि सेनाले परिचालन गरिरहेको जनाएको छ । निर्देशनालयका अनुसार पूर्वी, मध्यपुर्वी, उपत्यका लगायतका पृतनाबाट अहिले पनि सेनाका उद्धार टोली डुवान क्षेत्रमा खटिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप