मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्दार र राहतमा जुटन प्रधानमन्त्री ओलीको निर्देशन

शुक्रबार, २७ असार २०७६, १९ : ५२
शुक्रबार, २७ असार २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । 
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अबिरल वर्षासँगै आएको बाढि, पहिरो र डुबानबाट पीडितहरुको तत्काल उद्दार गरी राहत र उपचारमा जुटन प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समिक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिए । मन्त्री बास्कोटाले प्रधानमन्त्री ओलीले सर्लाहीको मलंगवाको डुबान समस्या भारत सरकारसँग कुरा गरेर खुलाउनु भएको पनि बताए । त्यसैगरी प्रधानमन्त्री ओलीले रौतहटको डुबान समस्या समाधान गर्न पनि भारत सरकारसँग कुरा पनि गरेका छन् ।

सरकारी तथ्याँकअनुसार हालसम्म बाढी, पहिरो र डुबानबाट देशभरका गरी १७ जनाको ज्यान गएको पुष्टि भएको छ भने १३ जना घाईते भएको र ७ जना वेपत्ता भएका छन । मन्त्री बास्कोटाले डुबान समस्याबाट सतर्कता अपनाउन आवश्यक सूचना प्रणालीको व्यवस्था गरिएको पनि बताए ।

बिहीबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढि, पहिरो र डुबानको चपेटामा परेको छ । मन्त्री बास्कोटाले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहटलगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप