शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा एक जनालाई बाढीले बगायोः सावधान रहन प्रशासनको आग्रह

शुक्रबार, २७ असार २०७६, १९ : ३६
शुक्रबार, २७ असार २०७६

भक्तपुर– लगातार परेको वर्षाको कारणले भक्तपुरको हनुमन्ते नदिमा पानीको वहाब निकै बढेको छ । शुक्रबार दिउँसो प्रहरीले सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटबाट हनुमन्ते खोला किनारमा हिडिरहेको एक व्यक्तिलाई बगाएपछि उद्धार गरेको छ ।  प्रहरीले काभ्रे कोशी पारी घर भई हाल भक्तपुर जिल्ला बालकोटमा बस्ने बर्ष ३२ को सन्तोष पहरी खोलामा खसेर बगाएपछि स्थानियको सहयोगमा गरेको परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलले जानकारी दिएका छन् । 

उद्धारपछि पहरीको उपचारको लागी नागरिक सामुदायिक अस्पताल गट्ठाघरमा पठाएको र हाल घाईतेको अवस्था गम्भिर रहेको पोखरेलले जानकारी बताए । 

सुरक्षा निकाय तयार अवस्थामा 

गत बर्ष डुवानका कारण भक्तपुरको भएको क्षतिलाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालयले सुरक्षा कर्मीलाई तयारी अवस्थामा राखेको छ ।  भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद् ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भट्टले रातोपाटीसँग कुरा गर्दै भने ‘हामीले सम्भावित जोखिम भएका स्थानका बासिन्दाहरुलाई सचेत गराउने काम गरेका छौं ।’

उनका अनुसार राममन्दिर, बाराहिस्थान, राधेराधे, नयाँ बस्ती, तरकारी बजार, बालकोटको केही स्थानमा बाढिले क्षति गर्न सक्छ, त्यसैले माइकिङ्ग गरेर सुरक्षित हुन आग्रह गरिएको छ ।  यसरी नै निरन्तर लगातार झरी जारी रहे गत बर्ष झैं भक्तपुर डुबानमा पर्ने सभ्भावना बढेको सबैलाई पूर्वतयारी अवस्थामा राखेको समेत उनले बताए । 

प्रशासनले मनोहरादेखि थिमि क्षेत्रसम्मको खोला आसपास क्षेत्रको जिम्मा सशस्त्र प्रहरीलाई र सो भन्दा यता हनुमन्ते खोला आसपासको जिम्मा नेपाल प्रहरी र नेपाली सेनालाई दिएको छ । भक्तपुरनगर भएर बग्ने हनुमन्तेको बाढीले केही स्थानमा डुबान गरिसकेको छ, कतिपय घर र विद्यायलमा पानी पसेको छ । धान खेती र तरकारी बाली समेत नष्ट भएको स्थानीयहरुले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप