शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलंकी डुवानमा उद्दार गर्दा जे देखियो (फोटोफिचर)

शुक्रबार, २७ असार २०७६, १९ : १७
शुक्रबार, २७ असार २०७६

काठमाडौं– अविरल वर्षासँगै कलंकीमा रहेको मालपोत कार्यालय, नेपाल प्रहरी र ट्राफिक प्रहरीको कार्यालय आसपास क्षेत्रबाट ५० जनाभन्दा बढीको रेक्स्यू गरिएको छ ।

कलंकी खसीबजार भएर बग्ने मनमती खोलाले सो कार्यालय आसपासका घरमा पसेको पानीको कारण अलपत्र परेका ५० बढिको रेस्क्यू गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

अलपत्र परेका उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थनाीयको सहयोगमा उद्दार गरिएको हो  । उद्दार गर्दा डुङ्गाको पनि प्रयोग गरिएको प्रहरीले जनाएको छ । 

कलंकीको खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी परेको छ । 

थानकोटबाट बग्दै आएको मनमती खोलाले उपत्यकामा सबैभन्दा बढि क्षति पुर्याएको प्रहरीको भनाई छ । मनमति खोलाले कलंकी आसपास क्षेत्रमा ठूलो क्षति गरेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप