
बाढीले बगाउँदा ओखलढुंगामा २ जनाको मृत्यु
ओखलढुंगा– ओखलढुंगामा अविरल बर्षापछि आएको बाढीले बगाउँदा दुई जनाएको मृत्यु भएको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका र मोलुङ गाउँपालिकामा खोलाले बगाउदाँ दुईजनाको मृत्यु भएको हो ।
स्थानीय लसुनेखोलाले बगाउँदा चिसंखुगढी गाउँपालिका ४ नवलपुरका ८५ वर्षीय पासाङकुटी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । बिहिबार बेलुकादेखी नै बेपत्ता रहेका शेर्पाको खोजी गर्ने क्रममा शुक्रबार (आज) दिउँसो लसुनेखोलाको किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक राजीव श्रेष्ठले बताए ।
गाउँ डुल्न हिँडेका शेर्पा राती अबेरसम्म घर नफर्किएपछि प्रहरी र स्थानियवासीले खोजी गर्ने क्रममा चिसंखुगढी गाउँपालिका ७ स्थित खोला किनारमा शव फेला परेको श्रेष्ठको भनाई छ । त्यस्तै मोलुङ खोलामा आएको बाढीले बगाएर गम्भीर घाईते भएका सुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको पनि मृत्यु भएको छ ।
खोला तर्ने क्रममा बढीले बगाएका राईको स्थानीयवासी उद्धार गरी उपचार गर्न लैजाने क्रममा मृत्यु भएकोे हो । लगातारको बर्षापछि अचानक बढेको खोलाले राईलाई बगाएको स्थानीय नरेन्द्र श्रेष्ठले बताए । राईको उपचार गर्न लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको उनको भनाई छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ