केन्द्रीय संस्करण

कलंकी डुबानबाट ५० बढीको रेस्क्यू, उपत्यकामा मनमति खोलाको वितण्डा

person explore access_timeअसार २७, २०७६ chat_bubble_outline0

काठमाडौं । अविरल वर्षासँगै कलंकीमा रहेको मालपोत कार्यालय, नेपाल प्रहरी र ट्राफिक प्रहरीको कार्यालय आसपास क्षेत्रबाट ५० जनाभन्दा बढीको रेक्स्यू गरिएको छ । 

कलंकी खसीबजार भएर बग्ने मनमती खोलाले सो कार्यालय आसपासका घरमा पसेको पानीको कारण अलपत्र परेका ५० बढिको रेस्क्यू गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । 

अलपत्र परेका उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थनाीयको सहयोगमा उद्दार गरिएको हो  । उद्दार गर्दा डुङ्गाको पनि प्रयोग गरिएको प्रहरीले जनाएको छ । 

कलंकीको खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी परेको छ । 

थानकोटबाट बग्दै आएको मनमती खोलाले उपत्यकामा सबैभन्दा बढि क्षति पुर्याएको प्रहरीको भनाई छ । मनमति खोलाले कलंकी आसपास क्षेत्रमा ठूलो क्षति गरेको प्रहरीले जनाएको छ । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.