शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कमला नदीको टापुमा फसेका पुजारी रुखमा चढेर हेलिकोप्टरको पर्खाइमा

शुक्रबार, २७ असार २०७६, १७ : ४४
शुक्रबार, २७ असार २०७६

जनकपुर– धनुषा–सिरहा सिमानामा पर्ने कमला नदीको बाढीमा फसेका पुजारीको उद्धार गर्नका  लागि स्थानीय प्रशासन जुटेको छ पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा रहेको एक मन्दिरका  पुजारी सिरहाको कर्जन्हा बस्ने बेदरु मुखिया बाढीमा फसिरहेको (घेरिएको अवस्थामा) धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए ।  

कमला नदीको बीचमा रहेको (टापु स्थित) मन्दिरमा वर्षातको पानी प्रवेश गरेपछि पुजारी मुखिया रुखमा चढेर आफ्नो ज्यान जोगाइरहेका छन् । पुजारी मुखियालाई उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ । पानीको बहाब उच्च भएको कारण पुजारीको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर मगाइदैँ छ ।

वर्षा भइरहेको कारण मुखियाको उद्धारमा समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।  लगातारको अविरल वर्षाले कमला नदीमा वर्षात पानीको बहाव बढेको छ । कमला नदी वरिपरी वस्तीमा सतर्कता अपनाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप