कमला नदीको टापुमा फसेका पुजारी रुखमा चढेर हेलिकोप्टरको पर्खाइमा
जनकपुर– धनुषा–सिरहा सिमानामा पर्ने कमला नदीको बाढीमा फसेका पुजारीको उद्धार गर्नका लागि स्थानीय प्रशासन जुटेको छ पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा रहेको एक मन्दिरका पुजारी सिरहाको कर्जन्हा बस्ने बेदरु मुखिया बाढीमा फसिरहेको (घेरिएको अवस्थामा) धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए ।
कमला नदीको बीचमा रहेको (टापु स्थित) मन्दिरमा वर्षातको पानी प्रवेश गरेपछि पुजारी मुखिया रुखमा चढेर आफ्नो ज्यान जोगाइरहेका छन् । पुजारी मुखियालाई उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ । पानीको बहाब उच्च भएको कारण पुजारीको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर मगाइदैँ छ ।
वर्षा भइरहेको कारण मुखियाको उद्धारमा समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी कणेलले बताए । लगातारको अविरल वर्षाले कमला नदीमा वर्षात पानीको बहाव बढेको छ । कमला नदी वरिपरी वस्तीमा सतर्कता अपनाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण