शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिस टुरिजम–२०१९ को प्रथम अडिसन सम्पन्न

शुक्रबार, २७ असार २०७६, १७ : ३४
शुक्रबार, २७ असार २०७६

काठमाडौं । प्वाईन्ट मिडिया प्रा.लि.द्वारा आयोजित मिस टुरिजम–२०१९ को प्रथम अडिसन शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । प्रथम अडिसनमा २२ जना प्रतिस्पर्धीहरुले अडिसन दिएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले बताए ।

अडिसनमा निर्णायकको भुमिकामा वरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डे, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, निर्भाना काउन्सिलिङ सेन्टरका प्रबन्ध निर्देशक शिव त्रिपाठी तथा कोरियोग्राफर रोजीन शाक्य रहेका थिए ।

प्वाईन्ट मिडियाले सन् २०१६ देखि नेपालमा मिस टुरिजमको आयोजना गर्दै आईरहेको छ ।  राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने, सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले “मिस टुरिजम–२०१९” को आयोजना गरिएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए । 

यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ भन्ने विश्वास आयोजकको छ ।

मिस टुरिजम–२०१९ लाई नगद पचास हजार रुपैयाँ, मिस टुरिजम फस्ट रनर अप–२०१९ लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१९ लाई नगद २० हजार रुपैयाँ प्रदान गरिनुका साथै विभिन्न ब्राण्डका एम्बेसडर बन्ने अवसर दिइने प्रबन्ध निर्देशक काफ्लेले वताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप