शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निरन्तर वर्षासँगै उपत्यकावासीलाई ‘अलर्ट’ रहन काठमाडौं प्रहरीको आग्रह

शुक्रबार, २७ असार २०७६, १७ : १३
शुक्रबार, २७ असार २०७६

काठमाडौं । शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ ।

निरन्तर वर्षाले उपत्यकाको कलंकी, वनस्थली, सामाखुसी, तीनकुने, बानेश्वर, मुलपानी, भक्तपुरको सल्लाघारी, ललितपुरको पाटनलगायत स्थानमा पानी जमेर आवतजावतमा समेत समस्या भएको छ ।

पानी जमेपछि बिहानैदेखि पैदलयात्री र सवारी साधन चलाउनेहरुलाई अप्ठेरो भएको छ । विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो । 

वर्षाले बाग्मती नदी र विष्णुमती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । 

बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न प्रहरी हेडक्वार्टरबाट खटिएको विपद् व्यवस्थापन टोली र काठमाडौं प्रहरीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले हेडक्वार्टरबाट सहयोगको लागि आएको विपद् व्यवस्थापन टोलीसँग समन्वय गरेर ठाउँ–ठाउँमा प्रहरी स्ट्यान्डबाई राखिएको बताए । 

‘परिसर मातहतका सम्पूर्ण युनिटलाई रेक्स्यूको लागि स्ट्यान्डबाई रहन भनिएको छ,’ डीएसपी बोगटीले भने, ‘यदि त्यस्तो केही परिहाल्यो भने १०० मा फोन गर्न पनि अनुरोध गर्छौं ।’

नदीको आसपास बस्नेहरु सबैभन्दा बढी सुरक्षा सर्तकताका साथ बस्न समेत काठमाडौं प्रहरीले आग्रह गरेको छ । नदी आसपासबाट सवारी साधन चलाउनेहरुलाई डाइभर्ट भएर अन्य कुनै बाटोको प्रयोग गरेर आ–आफ्नो घर जान समेत आग्रह गरेको छ । 

बाढीपहिरोमा ११ जनाको मृत्यु
काठमाडौंको मुलपानीमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

काठमाडौं
२३ वर्षीया नितु यादव
३५ वर्षीया शर्मिला यादव
१० वर्षीय कुन्दन यादव 

काभ्रे
५५ वर्षीया गोमा दंगाल 
७ वर्षीय सोहनी दंगाल 

रामेछाप
४५ वर्षीया पदमकुमारी सुनुवार

भोजपुर
६६ वर्षीय जगतबहादुर 
१४ वर्षीय बालक जनक विक

ललितपुर
११ वर्षीय बालक सरोज जिम्बा

पर्सा
१० वर्षीय निखिल पटेल

मकवानपुर
७ वर्षीया सञ्चना बलामी

यस्तै खोटाङमा ३ जना बेपत्ता छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप