हरिवंश आचार्यको नयाँ गीत ‘बुढो हुन मन छैन’
शुक्रबार, २७ असार २०७६, १६ : २७
काठमाडौं– वरिष्ठ कलाकार हरिबंश आचार्यको ‘बुढो हुन मन छैन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार महसञ्चारको युट्युवबाट सार्वजनिक गीतमा बुढ्यौली उमेरका रहर र बाध्यता ठट्यौली पारामा समेटिएको छ ।
उमेरले ६० पुगेका हरिवंशले बुढ्यौलीको अनुभूति गीतमार्फत राखेका छन् । रोमान्टिक पारामा तयार गरिएको गीत हरिवंशले बुढ्यौली आवाजमा गाएका छन् । बृद्धले आफ्नो जवानीका दिनहरु कल्पिएर गाएको गीतले अनुभूति हुन्छ ।
गीतको भिडियोमा हरिवंश नै मुख्य भूमिकामा देखिएका छन् । हरिवंशलाई ह्याट, टाइसुट र फुलेको घोप्टे जुँगा राम्रो सुहाएको छ । गीत हरिवंशले नै लेखेका हुन् । भिडियो भने सुदन केसीले निर्देशन गरेका हुन् । सुदन महसञ्चारको फिल्म ‘दाल भात तरकारी’का निर्देशक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी