अफगानिस्तानमा विवाह समारोहमा आत्मघाती आक्रमण, ५ जना सर्वसाधारणको मृत्यु
एजेन्सी– अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक विवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् । एक सरकारी अधिकारीले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन् । सर्वसाधारण नागरिकको हत्या नगर्ने दाबी गर्दै आएका तालिवान लडाकू समूहले उक्त आक्रमणको जिम्मा लिन अस्विकार गरेका छन् ।
पाकिस्तानको सीमा क्षेत्रसँग नजिकै रहेको यस इलाका इस्लामिक स्टेट्स (आइएस) लगायतका आतङ्ककारी संगठनको बासस्थानका रुपमा पनि चिनिन्छ । यस आतङ्ककारी संगठनले यसअघि पनि बारम्बार आक्रमण गर्दै आएका बताइन्छ ।
स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजे आत्मघाती बम बोकेका एक आक्रमणकारीले विवाह समारोहमा विस्फोट गराएको नान्गाहार प्रान्तका गभर्नरका प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् ।
यस आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० घाइते भएका प्रवक्ताले बताएका छन् । पाचिरागम जिल्ला गभर्नर हज्रात खान खाक्सारले शुरुमा यस आक्रमणमा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै १४ घाइते भएको जानकारी दिएका छन् ।
उक्त जिल्लामा बस्ने अफगान सरकार समर्थित लडाकूहरुका एकजना कमाण्डर मालिक टुरको घरमा सो आत्मघाती आक्रमण भएको अफगानिस्तानका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
के कति कारणले सो आक्रमण भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल