शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२२ महिने बालकको चुडिएका २ वटा औला मेडिसिटीमा यसरी जोडियो

शुक्रबार, २७ असार २०७६, १४ : २६
शुक्रबार, २७ असार २०७६

ललितपुर– नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको मोटरसाईकलको चेनले चुडिएको औलाहरु जोडिएका छन् । करिव ९ घण्टा लामो शल्यक्रिया पश्चात बालकको चोरी र साइली औला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा. संगम रायमाझीले जानकारी दिए । 

चोरी औला भनिने इन्डेक्स फिंगर सतहवाट चुडिएको थियो भने माझी तथा साईली औला बिचबाट चुडिएको थियो र रक्तसंचार रोकिइ सकेको थियो ।

दूर्घटना भएको ५ घण्टा भित्रमै शल्यक्रिया शुरु गरिएको चिकित्सकको भनाई छ । चोरी औला तल्लो भगवाट चुुडिए पनि अन्य औला भन्दा यो सुरीक्षत रहेको डाक्टरले बताएका छन् ।

के गरियो औलामा ?

–सर्वप्रथम चोरी औलालाई काटियो र रिप्लान्टेसन शुुरु गरियो ।

–औलाको नसा (फ्लेक्जोर टेन्डोन)सँग मात्र जोडिएको साइली औलामा रक्तसञ्चार शुुरु गरियो ।

–माझी औलाको रक्तनलीमा धेरै चोट लागेकाले सो औलाको भने उपचार हुन सकेन ।

अस्पताल तथा चिकित्सकहरुका लागि यस्तो थियो चुनौती

जम्मा २२ महिनाको बच्चा भएकाले संरचना निकै सानो रहेको र माइक्रोस्कोपबाट हेरेरनै शल्यक्रिया गर्नुपरेको थियो । काटिएको भन्दा पनि पोलिएको घाँउ भएकाले रिप्लान्टेसन कठिन बनेको चिकित्सकहरु बताउँछन् ।

 

औला प्रत्यारोपण

–औलाको प्रत्यारोपण दूर्घटना भएको ६ घण्टा भन्दा पछाडिपनि सम्भव रहेको तर त्यसका लागि चिसोमा राखिएको हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।

–टुक्रिएको भागलाई सुख्खा झोलामा बन्द गरी चिसो पानीमा डुबाएर अस्पताल पु¥याउनु फाइदाजनक मानिन्छ ।

–र, यस किसिमको उपचार उपलब्ध हुने स्थानबारे जानकारी राख्ने र तुरुन्त अस्पताल पुग्ने हो भने उपचार सम्भव छ ।

उपचारमा संलग्न चिकित्सकहरुमा प्लाष्टिक तथा कस्मेटिक सर्जन डा.संगम रायमाझी, एनेस्थेसोलोजिष्ट डा. असिम रेग्मी तथा नर्सहरुमा सज्जा पन्त, सुनिता राई, राधिका खत्री, रबिना चौधरी, रबिना चौधरी, मुना गुुरुङ्ग रहेका थिए । 

यस किसिमका शल्यक्रियाहरु गर्दा साधारणतया ६ देखि १० घण्टासम्म समय लाग्छ । निकै चुनौतिपूर्ण भएपनि यी शल्यक्रियाहरु विश्वभर रुचाइन्छन् । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल यस शल्यक्रियाका लागि सक्षम रहेको अस्पतालले बताएको छ ।

नेपाल मेडिसिटीमा यसअघि बुढि औला, औलाको टुप्पो तथा चुडिएको हातनै जोडिसकेको छ । हाल उनीहरुको अवस्था सामान्यतर्फ फर्किसकेको अस्पतालले बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप