बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरको मुख्य सडकमा रुख ढल्दा एक घण्टा सवारीआवगमन अवरुद्ध

शुक्रबार, २७ असार २०७६, १४ : २१
शुक्रबार, २७ असार २०७६

काठमाडौँ । अविरल वर्षाका कारण ललितपुरको हरिहरभवनस्थित मुख्य सडकमा रुख ढल्दा करिब एक घण्टा सवारी आवगमन अवरुद्ध भएको छ ।

वर्षासँगै रुख ढलेपछि कुपण्डोलबाट जावलाखेलतर्फ जाने सडक अवरुद्ध बनेको थियो ।

सडक अवागमनमा समस्या भएपछि ढलेको रुख काटेर एस्काभेटरको सहयोगले रुखलाई हटाइएको थियो ।

अहिले भने सवारी सुचारु भइसकेको छ ।

तस्विरमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप