शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिजः एक्लै आयो ‘सानो मन’

शुक्रबार, २७ असार २०७६, १३ : ५५
शुक्रबार, २७ असार २०७६

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट फिल्म ‘सानो मन’ सार्वजनिक प्रदर्शनमा आएको छ । अघिल्लो साता कुनैपनि फिल्म प्रदर्शनमा नआएको चलचित्र उद्योगमा यो साता भने एकमात्र फिल्म ‘सानो मन’ प्रदर्शनमा आएको हो ।

देशभरबाट एकसाथ प्रदर्शनमा आएको यो फिल्म सुयोग गुरुङको निर्देशनमा बनेको हो । सुयोगले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । फिल्ममा आयुष्मान देशराज जोशी र शिल्पा मास्के, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्म निर्माण युनिटले बिहिबार चलचित्रको प्रिमियर समेत आयोजना गरेको थियो । चलचित्रका कलाकार, चलचित्रकर्मी तथा रंगपत्रकार सहभागी प्रिमियरमा धेरैले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । कार्यक्रममा केहीले फिल्मलाई ठिकै भन्दा केही नाक खुम्च्याउने पनि भेटिए ।

‘सानो मन’ म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको फिल्म हो । यसलाई योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरले सयुंक्त निर्माण गरेका हुन् । फिल्ममा समिर सुनवार र निर्देशक गुरुङको कथा रहेको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायाँकन भएको फिल्म ओ.पि.जी फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मले दर्शकको मन जित्ने आफु ढुक्क रहेको अभिनेत्री शिल्पा मास्केले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप