शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४२ वर्षमा नायिका पूजा बत्राले गरिन् गोप्य विवाह, अक्षय कुमारलाई गरिसकेकी छिन् डेट

शुक्रबार, २७ असार २०७६, १२ : ४३
शुक्रबार, २७ असार २०७६

बलिउड नायिका पूजा बत्राले नायक नवाब शाहलाई डेट गरिरहेको खबर हालै सार्वजनिक भएको थियो । नवाब शाह सलमान खानको फिल्म टाइगर जिन्दा हे मा काम गरिसकेका छन् ।

पूजा बत्रा र नवाब शाह अब विवाह बन्धनमा बाँधिइसकेको यी दुईको इन्स्टाग्राम अकाउन्टबाट पुष्टि भइसकेको छ । खबरलाई विश्वास गर्ने हो भने यी दुईले गोप्य तरिकाले विवाह गरेका छन् । पूजा बत्राले हालै सोसल मिडियामा जुन तस्बिर सेयर गरेकी छिन् त्यसमा उनले हातभरी रातो चुरा लगाइरहेको देखिएकी छिन् । यसबाट यो स्पष्ट हुन्छ कि उनीहरुले विवाह गरिसकेका छन् र यतिबेला दुई छुट्टी मनाइरहेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Stars can’t shine without darkness ⭐️⭐️❤️🦋🦂🎩📸 by @buntyprashantstudio_official

A post shared by Nawab Shah (@nawwabshah) on

यतिबेला यी दुई गोवामा एकसाथ समय बिताइरहेको बताइएको छ । पूजा बत्राले आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा भिडियो सेयर गरिन् जसमा उनी रेट्रो वाक गरिरहेको देख्न सकिन्छ र यो भिडियो नवाब शाहले पनि सेयर गरेका छन् ।

यस्तै, करिब सात दिन अघि नवाबले एउटा बुमर्‍याङ भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेका थिए जसमा पूजा र उनको हात देखिएको थियो । यसमा पूजाले चुरा लगाएकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

If you can’t find the sunshine, be with the sunshine ❤️🦋🎩🦂

A post shared by Nawab Shah (@nawwabshah) on

पूजाको दोस्रो विवाहः

पूजा बत्राको यो दोस्रो विवाह हो । यसअघि सन् २००२ मा उनले लस एन्जेलिसमा अर्थोपेडिक सर्जन सोनू आहलुवालियासँग विवाह गरेकी थिइन् तर उनीहरुले सन् २०११ मा सम्बन्धविच्छेद गरे ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

If you can’t find the sunshine, be with the sunshine ❤️🦋🎩🦂

A post shared by Nawab Shah (@nawwabshah) on

अक्षय कुमारलाई गरिसकेकी छिन् डेटः

पूजा बत्राले नायक अक्षय कुमारलाई डेट गरिसकेको बताइन्छ । अक्षय फिल्मी क्षेत्रमा प्रवेश गर्नुअघि नै उनीहरु प्रेम सम्बन्धमा रहेको बताइन्छ । त्यतिबेला पूजा मोडलिङ गर्थिन् र चर्चित नाम थिइन् । उनी बलिउडको पार्टीमा अक्षयलाई लिएर जान्थिन् । पूजाकै कारण अक्षयको बलिउडमा एन्ट्री भएको बताइन्छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

A story you can make a movie on ❤️🦋🥂🤪🎬🎥

A post shared by Nawab Shah (@nawwabshah) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप