शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काभ्रे र रामेछापमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

शुक्रबार, २७ असार २०७६, १२ : ०१
शुक्रबार, २७ असार २०७६

काठमाडौं । शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण आएको पहिरोले किच्दा काभ्रे र रामेछापमा गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । 

काभ्रेको नाला भन्ने ठाउँमा पहिरोले किचेर २ जनाको र रामेछापमा १ जनाको मृत्यु भएको आईजी सचिवालयका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए । 

यस्तै काभ्रेमा पहिरोले किच्दा ३ जना घाइते भएको एसपी थापाले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै पानी पर्न नरोकिए बाढी र पहिरोबारे सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय काभ्रेले आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप