बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई थाहा थिएन, मैले नै पत्र दिएँ : मन्त्री खनाल

शुक्रबार, २७ असार २०७६, १२ : ००
शुक्रबार, २७ असार २०७६

काठमाडौँ– कृषि मन्त्री चक्रपाणी खनालले भारतीय दूतावासले विषादी परीक्षणबारे नेपाल सरकारलाई पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको बताएका छन् । शुक्रबार कालिमाटीस्थित तरकारी तथा विषादी परीक्षण केन्द्रको निरीक्षण गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन् ।

दूतावासको पत्रबारे आफुले समयमा जानकारी नपाउँदा पत्र आएको छैन भनेर सार्वजनिक रुपमा भन्नुपर्दा लज्जित बन्नुपरेको भन्दै प्रधानमन्त्री केपी ओलीले बिहीबार क्षमा मागेका थिए ।

तर, मन्त्री खनालले विषादीको चर्चा सुरु भएका बेला म बाहिर भएको र आइसकेपछि प्रधानमन्त्रीलाई आफैले जानकारी दिएको बताए । ‘प्रधानमन्त्रीलाई थाहा रहनेछ । पत्र पहिला परराष्ट्रलाई लेखियो र बोधार्थ हामीलाई दिइयो । त्यसपछि मैले प्रधानमन्त्रीलाई दिएँ,’ मन्त्री खनालले बताए ।

उनले दूतावासले पत्र लेख्ने हो कि अरु निकायले लेख्ने भन्ने प्रश्न महत्त्वपूर्ण रहेको पनि बताए । ‘यो पत्राचारको तरिका पनि बुझ्नुपर्ने हुन्छ’ मन्त्री खनालको भनाई छ । 

उनले तरकारी तथा फलफूलको विषादी जाँच प्रकरणमा आ–आफ्नै ढङ्गले व्याख्या र विश्लेषण भइरहेको पनि बताए ।

विषादीबारे बहस र छलफल हुनु राम्रो हो भएको तर, उनले कस्तो विषादी छ, कहाँ छ र कति छ, कहाँ जाचिन्छ ? भन्नेबारेमा जानकारीबिनै पनि बोल्ने गरिएको गुनासो गरे ।

उनले २०७१ सालमा विषादी परीक्षणका लागि पहिलो ल्याव राखेर नेपालमा विषदी परीक्षण सुरु गरिएको भन्दै त्यसपछि ल्यावहरु राख्ने क्रम चलिरहेको र आजसम्म केन्द्रबाहेक सातवटा ल्याव रहेको जानकारी गराए ।

मन्त्री खनालले नेपालमा बढी दुई किसिमका प्रयोग हुने गरेको पाइएको भन्दै १७० मध्ये ३३ प्रतिशत विषादी ओगट्ने गरेको बताए ।

सवै प्रकृया हेरेपछि पूर्णतया सवै विषादी जाँच गर्ने ल्याब केन्द्रमा र वाँकी अन्यत्र पनि जाँच हुने गरेको बताए । मन्त्री खनालले नेपालमा २५ वटा विषादी प्रयोगमा प्रतिवन्ध लगाएको जानकारी पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप