केन्द्रीय संस्करण
समाचार

यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो, तीन जना घाइते

अन्तर्राष्ट्रिय उडान दिल्लीतर्फ डाइभर्ट, विमानस्थल बन्द

person explore access_timeअसार २७, २०७६ chat_bubble_outline0

काठमाडौँ । नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अवतरणका क्रममा विमान कोटेश्वरपट्टीको धावनमार्गमा चिप्लिएर घाँसे मैदान र धावनमार्गको आदि भागमा पुगेको छ ।

विमान चिप्लिएर दुर्घटना भएपछि विमानमा रहेका तीन जना यात्रु घाइते बनेका छन् । उनीहरुलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको छ ।

यति एअरलाइन्सको नाइन एन एएमएम कल साइन विमान कोटेश्वरपटिको ट्याक्सी वेको डेल्टा साइड मा चिप्लिएको हो । यो एक वर्षअघि युएस बंगला विमान दुर्घटना भएको स्थान नजिकै हो । जहाजमा २ बच्चासहित ६६ जना यात्रु थिए । 

विमानस्थल तत्कालका लागि २ सम्म बन्द

रनवेको नजिकै विमान दुर्घटना भएपछि तत्कालका लागि २ बजे सम्मका लागि विमानस्थल बन्द गरिएको छ ।

अहिले घाँसे मैदान र रनवेको आधा भागमा रहेको विमानलाई तानेर रनवेभन्दा बाहिर लैजाने प्रयास भइरहेको छ ।

विमानस्थलमा कार्यरत एक इञ्जिनियरका अनुसार विमानस्थल खुल्न झण्डै एक घण्टा लाग्न सक्नेछ ।

अन्तर्राष्ट्रिय उडान दिल्लीमा डाइभर्ट

यता विमानस्थल बन्द भएपछि नेपाली आकाशमै होल्डमा रहेको विमानहरु डाइभर्ट गर्न थालिएको छ ।

त्रिभुवन विमानस्थल कन्ट्रोल टावरका अनुसार यतिबेला अन्तर्राष्ट्रिय विमानलाई दिल्लीमा डाइभर्ट गरिएको छ । आन्तरिक उडानलाई भने विभिन्न स्थानमा फिर्ता पठाइएको छ ।

ल्हासाबाट काठमाडौं आएको सिचुवान एयरलाइन्स, कोलकताबाट काठमाडौं आइरहेको बुद्ध एयर र दोहाबाट काठमाडौं आइरहेको कतार एयरलाइन्स आकाशमा होल्ड भएको थियो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...