सप्तकोशीमा खतराको बत्ती बालियो, स्थानीयलाई सतर्क रहन आग्रह
शुक्रबार, २७ असार २०७६, ११ : ४४
लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो ।
ब्यारेज प्रहरीका अनुसार पानी निकासीको लागि ५६ मध्ये २३ वटा ढोका खोलिएको छ ।
प्रहरीका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको थियो । बिहान ४ बजे केही घटेर १६८८२० पुगे पनि ८ बजेदेखि फेरि बढ्न थालेको हो ।
पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारमा रहेका स्थानीयहरुलाई सतर्क रहन सुचना जारी गरेको छ ।
सप्तकोशीको पानीको बहाव कोशी ब्यारेजमा मापन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो स्वास्थ्यकर्मी, कुन पदमा कति ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु
-
बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी
-
युरोपकै अग्लो शिखर रुसको माउन्ट एल्ब्रुसमा पाँच पर्वतारोहीको मृत्यु
-
विद्युत् बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा चार जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण