बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देशभरका नदी तथा खोलामा बाढी, कहाँ–कहाँ छ खतरा ?

शुक्रबार, २७ असार २०७६, १० : ५३
शुक्रबार, २७ असार २०७६

काठमाडौँ– देशभर बिहीबारबाट परेको वर्षाका कारण नदी तथा खोलाहरुको जलस्तर बढेको छ । 

पानी पर्ने क्रम जारी रहेकाले बाढी पूर्वानुमान महाशाखाले  विशेष सूचना जारी गर्दै देशभरका खोला तथा नदी आसपासका साथै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । 

लगातारको वर्षाका कारण बागमती नदीको तराई क्षेत्रमा जलस्तर बढेर खतराको संकेतभन्दा माथि चढेको छ । त्यस्तै, कन्काई र कमला नदीको जलस्तर सर्तकता तह नजिक पुगेको र बढ्ने क्रम जारी छ । 

त्यस्तै, सप्तकोशी नदिमा पनि जलस्तर बढ्ने क्रम जारी छ । शुक्रबार बिहानसम्म सप्तकोशी नदीको जलस्तर सतर्कता नजिक पुगेको छ । प्रदेश १, २ र ३ का सवै चुरे खोलाहरुमा बहाव सतर्कतामाथि र उच्च खतरा रहेको तथा यो क्रम शनिबारसम्म रहने बताइएको छ । 

 

बाढी पूर्वानुमान शाखाले बागमती पधेरादोभान बाढी मापन केन्द्रमा शुक्रबार बिहान आठ बजे जल सतह खतराको विन्दुमा पुगेको र त्यो क्रम बढ्दो रहेकाले सर्लाही र रौतहटका तटीय क्षेत्रमा रहेकाहरुलाई सुरक्षित स्थानमा रहन सुचित गराएको छ । 

त्यस्तै, कमला–धनुषा तितरिया मपन केन्द्रमा जलसतह नजिक पुगेको छ । जलसतह बढ्ने क्रम जारी रहेकाले धनुषा र सिराहा जिल्लामा डुवान जारी रहने जनाएको छ । ति जिल्लामा आज बिहानैबाट विभिन्न स्थानका बस्तीहरु डुवानमा परेका छन् । 

त्यस्तै, मेची, नन्दा, विरिङ,मावा, रतुवा नुनखोला, लोहन्द्रा, बुढी खोला,  खोसिलिया, सुनसरी, खोला, त्रियुगा, बालन खुट्टी, खाडो, माहुली रातु, लालबकैया लगायतका स्थानहरुमा पानी परिरहेकाले तटिय क्षेत्रहरुमा उच्च सर्तकता अपनाउन भनिएको छ । 

अझै २,३ दिन भारि बर्षा 
हाल मनसुन न्यून चापिय रेखा नेपालको तराईको भू– भागमा अवस्थित रहेकाले वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसको साथै मध्य र पूर्वी भू–भागमा न्यून चापिय क्षेत्र समेत रहेको छ जसका कारण आगामि २,३ दिन सम्म मनसुन अति सक्रिय( भैरहने सम्भावना छ ।

देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा  समेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भूभागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने भएको उच्च सतर्कता अपनाउनुपर्ने बताइएको छ । साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले  बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।

सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।

पूर्व पश्चिम राजमार्ग अवरुद्ध
रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु शशुक्रबार बिहानबाट जलमग्न छन् । लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप