बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धोनीलाई भाजपा भित्र्याउन कसरतः पूर्वमन्त्रीको दाबी, ‘लगातार जारी छ कुराकानी’

शुक्रबार, २७ असार २०७६, ०८ : ०१
शुक्रबार, २७ असार २०७६

भारतीय क्रिकेट टिमका पूर्व ओपनर गौतम गम्भीरपछि भारतीय जनता पार्टी (भाजपा) को नजर महेन्द्र सिंह धोनीमाथि परेको छ । पूर्व केन्द्रीय मन्त्री एवं भापजा नेता संजय पासवानले महेन्द्र सिंह धोनीले चाँडै नै क्रिकेटबाट सन्यास लिएर भाजपाको सदस्यता ग्रहण गर्ने दाबी गरेका छन् । यसबारे उनको धोनीसँग थुप्रै पटक भेटघाट र कुराकानीसमेत भइसकेको जानकारी दिएका छन् ।

संजय पासवानले एक भारतीय मिडियासँगको कुराकानीमा महेन्द्र सिंह धोनीले क्रिकेटमार्फत् देशको निकै सेवा गरेको र अब उनले क्रिकेटबाट सन्यास लिएर राजनीतिमा प्रवेश गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यसबारे थुप्रै पटक कुरा भइसकेकाले आशा छ कि उनले यो दिशामा चाँडै नै निर्णय लिनेछन् ।’

स्मरण रहोस्, चुनाव अघि भाजपाले जनसम्पर्कमार्फत् देशका महत्वपूर्ण हस्तीसँग भेटघाट गरेको थियो । यो अभियानलाई पार्टीले ‘सम्पर्क फर समर्थन’ नाम दिएको थियो । यो अभियान अनुरुप भाजपाका अध्यक्ष अमित शाहले महेन्द्र सिंह धोनीसँग भेटघाट गरेर उनीहरुलाई मोदी सरकारको उपलब्धि र आफ्नो पार्टीको विचारबारे अवगत गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप