बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा

बिहीबार, २६ असार २०७६, २२ : ३३
बिहीबार, २६ असार २०७६

एजेन्सी-घरेलु टोली इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइन खेलमा साविक विजेता अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो । यससँगै यसपटक विश्वकपले नयाँ विजेता पाउने भएको छ । फाइनलमा इङ्ल्यान्डले आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पाँच पटकको विजेता अष्ट्रेलिया सेमिफाइनलबाटै बाहिरिएको छ । न्युजिल्यान्ड भारतलाई हराएर यसअघि नै फाइनलमा पुगिसकेको छ ।

अष्ट्रेलियाले दिएको दुई सय २४ रनको सामान्य लक्ष्य इङ्ल्यान्डले ३२.१ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो । इङ्ल्यान्डको जितमा जासन रोयले सर्वाधिक ८५ रन बनाए । जोय रुटले अविजित ४९ र कप्तान इयान मोर्गनले अविजित ४५ रन बनाए । जोनी बरिस्टोले ३४ रन बर्ना । अष्ट्रेलियाका मिचेल स्टार्क र पाट कुमिन्सले एक एक विकेट लिए  यससँगै मिचेलले विश्वकपमा सर्वाधिक २७ विकेट लिने खेलाडीको किर्तिमान रचेका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै दुई सय २३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्बाकिक ८५ रनको अर्धशतकीय इनिङ खेले । खराब सुरुवात गरेको अष्ट्रेलियाले मात्र १५ रन जोड्दा तीन विकेट गुमाएको थियो । पूर्व कप्तान स्मिथले चौथो विकेटका लागि एलेक्स केरीसँग एक सय तीन रनको साझेदारी गरेका थिए । केरी ४६ रनमा आउट भए । मिचेल स्टार्कले २९ र ग्लेन म्याक्सवेलले २२ रन बनाए । अष्ट्रेलियालाई सस्तैमा समेट्न इङ्ल्यान्डका क्रिस वोक्स र आदील रशिदलेतीन तीन विकेट लिए । जोफ्रा आर्चरले दुई विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप