बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गजुरीबाट २ सय २० केजी गाँजासहित १ जना पक्राउ

बिहीबार, २६ असार २०७६, २१ : ४७
बिहीबार, २६ असार २०७६

गजुरी-ईलाका प्रहरी कार्यालय गजुरीले  २ सय २० केजी लागु पदार्थ गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । मलेखु चितवन भण्डारा जाने चेपाङमार्ग बाट बिहीवार बिहानै २ सय २० केजि लागू पदार्थ गाजा को धुलो सहित एक जनालाई पक्राउ गरेको हो ।

गजुरी का प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले चेपाङ मार्ग को गजुरी २ डुङेठाटी मा कारोबारी हरुले गाजा किनेर  लैजान लागेको सुचना पाए लगत्तै प्रहरीले बाटो मा उभिएर गाडी कुरेर बसेको अबस्थामा बेनिघाट रोराङ १ खामभन्ज्याङ बस्ने ४१ बर्षका काइला भन्ने डिल बहादुर तामाङलाई नियन्त्रणमा लिएको बताए ।

प्रहरी निरिक्षक खड्काले  ८ वटा बोरा मा २५ २५ केजि का प्लास्टिक प्याकेज बनाएर राखेको अबस्थामा बरामद गरिएको बताए । बरामद लागु पदार्थ सहित तामाङ लाइ थप अनुसन्धानको   लागि जिल्ला प्रहरी कार्यालय पठाएको गजुरी प्रहरीले जनाएको छ । तामाङ यस अघि पनि लागू पदार्थ ओसारपसार मुद्दामा १ बर्ष जेल बसेर छुटेको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप